गृहपृष्ठ सिरहाबासीलाई मेडिसिटी अस्पतालमा विशेष सहुलियत

सिरहाबासीलाई मेडिसिटी अस्पतालमा विशेष सहुलियत

 

ललितपुरको भैंसेपाटीमा रहेको नेपाल मेडिसिटी अस्पतालमा उपचार गराउँदा सिरहाबासीले विशेष सहुलियत पाउने भएका छन् । सिरहा समाज सेवाका अध्यक्ष विष्णुकुमार साह र अस्पतालका महाप्रबन्धक विजय रिमालले सिरहाबासीले उपचारमा विशेष सुविधा पाउनेसम्बन्धी सम्झौतामा मंगलबार हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार सिरहा समाज सेवासँग समन्वय गरी नेपाल मेडिसिटीमा उपचारका लागि आउने सिरहावासीले विशेष सहुलियत प्राप्त गर्नेछन् । नेपालमै सम्पूर्ण उपचार सम्भव रहेको अवस्थामा स्वदेशी अस्पतालको सेवा–सुविधामा सबै नेपालीलाई सहभागी गराउने उद्देश्यले सम्झौता गरिएको अस्पतालका महाप्रबन्धक रिमालले बताए । सिरहा समाजका अध्यक्ष साहले पनि नेपालकै उत्कृष्ट अस्पतालसँग समन्वय गर्न पाएकोमा खुसी व्यक्त गरे ।

सिरहावासीले नेपाल मेडिसिटी अस्पतालको नगदरहित स्वास्थ्य बिमा कार्यक्रममा सहभागी भई सुलभ उपचार प्राप्त गर्न सिरहा समाज सेवा वा नेपाल मेडिसिटीमा सम्पर्क राख्नुपर्नेछ ।

प्रकाशित समय १७:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु