गृहपृष्ठ भूमिगत समूहसँग वार्ता गर्न सरकारी समिति
भूमिगत समूहसँग वार्ता गर्न सरकारी समिति
पहिलो वार्ता विप्लवसँग
सरकारले द्वन्द्वरत समूहसँग वार्ता गर्न उच्चस्तरीय वार्ता टोली गठन छ । गएराति बसेको मन्त्रीपरिषद बैठकले सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा उच्चस्तरीय वार्ता टोली गठन गरेको हो ।
वार्ता टोलीमा सुरेश आले मगर, तारानाथ चौधरी, लीला भण्डारी र गृह मन्त्रालयले तोकेको एकजना सहसचिव रहने सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।
राजनीतिक सहमतिबाट संविधानमा छुटेका विषयलाई वार्ताबाट समाधान खोज्न सरकारले समिति गठन गरेको हो ।
समितिले यसअघि विभिन्न समूहसँग भएको सहमति कार्यन्वन भएको नभएको प्रतिविदेन तयार पार्ने र ती समूहसँग वार्ता गर्ने जिम्मेवारी पाएको छ ।
नवगठित वार्ता टोलीले नेत्रविक्रम चन्द नेतृत्वको विप्लव नेकपा समुहसँग वार्ताकाे प्रयास गर्नेछ । अहिले नेकपा समूहका प्रवक्ता खड्कबहादुर विश्वकर्मा सहितका केही नेता चन्दा असुली, विध्ङवसात्मक कार्यमा सलग्न भएको भन्दै प्रहरी हिरासतमा छन् ।
वार्ता टोलीका संयोजक पाण्डेले भने,‘हामीले सार्वजनिक वक्तव्य निकालेर द्वन्द्वरत सबै पक्षलाई वार्ताको आह्वान गर्नेछौं, पहिलो प्रयास विप्लव समूहसँग हुने छ,’ उनले न्युज कारोबारसँग भने ।
प्रकाशित समय ०७:५२ बजे

















