गृहपृष्ठ जाते बजारको पाँच सय मिटर सडक कालोपत्रे
जाते बजारको पाँच सय मिटर सडक कालोपत्रे
मोरङको लेटाङ नगरपालिकाको जाते बजारमा निर्माण गरिएको कालोपत्रे सडकको उद्घाटन गरिएको छ । पाँच सय मिटरको सो सडक एक कार्यक्रमकाबीच नगरपालिकाका प्रमुख शंकर राईले उद्घाटन गरेका हुन् ।
नगरपालिकाका प्रमुख राईले विकासको प्रमुख मापदण्ड सडक रहेकाले सडक सञ्जालले छोएका ठाँउमा विकासका अन्य काम गर्न सहज हुने बताए । सडकको पहँुच पुगेका ठाउँमा विकास गर्न सजिलो भएको भन्दै लेटाङ वडा नम्बर ८ विकासको दौडमा अगाडि बढेको उनले दाबी पनि गरे ।
नगरपालिकाको ७५ लाख रुपैयाँ र बाँकी रकम उपभोक्ताहरुबाट संकलन गरि सडक निर्माण गरिएको हो । बाटो निर्माणका क्रममा १ करोड १ लाख २० हजार रुपैयाँ खर्च भएको कालोपत्रे सडक निर्माण समितिले जनाएको छ । समितिका सचिव ओमप्रकाश लिम्बूले प्रस्तुत गरेको आय–व्यय विवरण अनुसार, सडक निर्माण सकिए पनि ४ लाख ५२ हजार ८ सय रुपैयाँ रकम अपुग देखिएको छ ।
प्रकाशित समय १६:३४ बजे
















