गृहपृष्ठ गोपनियतासम्बन्धी विधेयक संसदमा पेश

गोपनियतासम्बन्धी विधेयक संसदमा पेश

 

सरकारले ‘वैयक्तिक गोपनियतासम्बन्धी विधेयक, २०७५’ संसदमा पेश गरेको छ । गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभाको आइतबारको बैठकमा विधेयक पेश गरेका हुन् ।

बैठकले दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पनि स्विकृत गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको तर्फबाट सहरी विकासमन्त्री मोहम्मद इस्तियाद राईले प्रस्तुत गरेको ‘जनस्वास्थ्य विधेयक, २०७५’ र मन्त्री राईले प्रस्तुत गरेको ‘आवासको अधिकारसम्बन्धी विधेयक, २०७५’ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रतिनिधिसभा बैठकबाट सर्वसम्मतिले स्विकृत गरिएको हो । प्रतिनिधिसभाको अर्को बैठक मंगलबार अपरान्ह १ बजेका लागि बोलाइएको छ ।

प्रकाशित समय १७:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु