गृहपृष्ठ ‘स्प्राइट रिफ्रेस बनायो’ योजनामा तीन लाखजना विजेता

‘स्प्राइट रिफ्रेस बनायो’ योजनामा तीन लाखजना विजेता

sprite-newskarobar

‘स्प्राइट रिफ्रेस बनायो, रिचार्ज गरायो’ योजना भव्य रुपमा सञ्चालन भएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यस योजनामा प्रत्येक दिन १० हजारभन्दा बढी उपभोक्ता सहभागी हुँदै आएका छन् । रिफ्रेस एन्ड रिचार्ज क्याम्पेनअन्तर्गत ग्राहकले १० रुपैयाँदेखि ५ हजार रुपैयाँसम्मको टक टाइम जित्न सक्नेछन् ।

यो हप्ताको ५ हजार जित्ने भाग्यशाली विजेता हात्तीगौंडाका युवक लामा, जोरपाटीकी रुविसा राई, हात्तीवनका कुमार कोइराला, खजुरा नेपालगन्जका छत्रपती लामा र छम्पुबेंसीका पासाङ खुर्पा तामाङ छन् । यस योजनाअन्तर्गत ३ लाख जनाले ३६ लाखभन्दा बढीको टक टाइम जितिसकेको कम्पनीले जनाएको छ । योजनामा सहभागी हुन अब केही दिनमात्र बाँकी छ ।

प्रकाशित समय १९:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु