गृहपृष्ठ यो वर्ष ८ प्रतिशतको आर्थिक वृद्धि : गभर्नर नेपाल
यो वर्ष ८ प्रतिशतको आर्थिक वृद्धि : गभर्नर नेपाल
फाइल तस्बिर
नेपाल राष्ट्र बैंकले यो वर्ष मुलुकले ८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने दाबी गरेको छ ।
नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले विगत दुई वर्षयता बढदै आएको मुलुकको आर्थिक वृद्धिदर आगामी वर्ष ८ प्रतिशतमा पुग्ने दाबी गरेका हुन् । बुधबार काठमाडौंमा आयोजित ‘अर्थ संवाद’ कार्यक्रममा बोल्दै उनले मुलुकको आर्थिक वृद्धिदर ८ प्रतिशत पु¥याउने लक्ष्यसहित नेपाल राष्ट्र बैंकले मौद्रिक नीति बनाएको बताए ।
गभर्नर नेपालले मुलुकमा प्रतिफल आउने वातावरण सुनिश्चित भएको दाबी पनि गरे । उनले लगानी बढाउन निजी क्षेत्रका उद्योगीहरुलाई आग्रह गरे । व्यापार घाटा मुलुकको मुख्य चुनौती रहेको उल्लेख गर्दै त्यसलाई घटाउन उद्योगी, व्यापारीहरुले सक्दो पहल गर्नुपर्नेमा उनको जोड थियो । हाल नेपालको व्यापार घाटा ११ सय ६१ अर्ब पुगेको छ । यस्तो घाटालाई कम गर्दैै लैजाने वातावरण पनि नेपालमा बनेको गभर्नर नेपालको तर्क छ ।
प्रकाशित समय १९:१८ बजे

















