गृहपृष्ठ ओली र मोदीबीच ‘वान अन वान’ वार्ता हुने, यस्ता छन् एजेन्डा

ओली र मोदीबीच ‘वान अन वान’ वार्ता हुने, यस्ता छन् एजेन्डा

oli_modi_newskarobar

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार ‘वान अन वान’ वार्ता हुने भएको छ । बिमस्टेक शिखर सम्मेलनमा सहभागितासँगै दुवै देशका सरकार प्रमुखबीच महत्वपूर्ण द्धिपक्षीय वार्ता हुने भएको हो । सम्मेलनमा सहभागी हुन मोदी बिहीबार काठमाडौं आउँदै छन् ।

सम्मेलनको अवसरमा नेपाल आउन लागेका मोदी र ओलीले द्धिपक्षीय सम्झौता गर्ने बताइएको छ । भेटमा ‘रक्सौल–काठमाडौं रेल्वे र बल्क कार्गोसम्बन्धी सम्झौता हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । दुवै मुलुकका प्रधानमन्त्रीको उपस्थितिमा यी सम्झौता हुनेछन्,’ प्रधानमन्त्रीको प्रेस सल्लाहकार कुन्दन अर्यालले भने । त्यसबाहेक भारतका प्रधानमन्त्री मोदीले पशुपति दर्शन गर्ने र धर्मशाला उद्घघाटन गर्ने कार्यक्रम पनि छ । मोदीले सो धर्मशाला नेपाललाई हस्तान्तरण गर्नेछन् ।

नेपाल र भारतबीच भारतीय रेललाई रक्सौलबाट काठमाडौँ जोड्नेबारे सहमति भइसकेको छ । जसअनुसार, उक्त लेनलाइनको पूर्वसम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदनका लागि भारत सरकारले सहयोग गर्नेछ ।

तर, ती केही सम्झौता र समझदारीसँगै दुबै प्रधानमन्त्रीले भ्रमणका क्रममा भएका सहमति, समझदारी र प्रतिबद्धताबारे रिभ्यू गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सन् २०१४ मा प्रधानमन्त्री भएपछि नेपालको भ्रमणमा आएका मोदी लगत्तै सार्कको १८ औं शिखर सम्मेलनमा सहभागी हुन पुनः नेपाल आएका थिए । गएको बैशाख अन्तिम साता पनि नेपाल आएका मोदीको यो चाथौ नेपाल भ्रमण हो ।

नेपालले संविधान जारी गरेपछि त्यसमा असन्तुष्टी जनाउँदै भारतले लगाएको नाकाबन्दीपछि बिग्रेको द्धिपक्षीय सम्बन्ध अहिले सामान्य अवस्थामा फर्केको छ ।

प्रकाशित समय १९:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु