गृहपृष्ठ कृषि पढ्दै गरेका युवक मृत फेला, हत्या कि आत्महत्या ?
कृषि पढ्दै गरेका युवक मृत फेला, हत्या कि आत्महत्या ?
सांकेतिक तस्बिर
कैलालीको घोडाघोडी नगरपालिका – १० पहलमानपुरमा झुण्डिएको अवस्थामा शनिबार एक युवकको शव फेला परेको छ । सेक्टर वन कार्यालय पहलमानपुर नजिकै निम्बुको रुखमा अन्दाजी २० वर्षिय युवकको शव झुन्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।
ती युवक बाजुरा घर भई हाल पहलमानपुरमा १८ महिने कृषि जेटिए कलेजमा अध्ययनरत छात्र रहेको प्रहरीले बताएको छ । बिहान महिलाहरु जंगलमा घाँस काट्न जाने क्रममा झुन्डिएको अवस्थामा लास देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
हत्या वा आत्महत्या भन्नेबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ । मृतकको आफन्त पहाडमा भएको भन्दै प्रहरीले मुचुल्कासमेत उठाएको छैन ।
प्रकाशित समय १४:१० बजे
















