गृहपृष्ठ जनता बैंक र नेसनल बैंकिङ इन्स्टिच्युटबीच सम्झौता

जनता बैंक र नेसनल बैंकिङ इन्स्टिच्युटबीच सम्झौता

janata-bank-nbi-newskarobar

नेसनल बैंकिङ इन्स्टिच्युट र जनता बैंक नेपालबीच तालिम कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा जनता बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्री र नेसनल बैंकिङ इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत सञ्जीव सुब्बाले शुक्रबार हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार एनबीआईले जनता बैंकका कर्मचारीको कार्यदक्षता विकासका लागि विभिन्न तालिम उपलब्ध गराउनेछ । जनता बैंकले कर्मचारीका लागि नेसनल बैंकिङ इन्स्टिच्युटबाट न्यूनतम ५० लाख रुपैयाँबराबर रकमको वार्षिक तालिम सञ्चालन गराउनेछ ।

प्रकाशित समय १५:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु