गृहपृष्ठ जंगली हात्ती मृत फेला

जंगली हात्ती मृत फेला

elephant-death-newskarobar

झापाको मेचीनगर नगरपालिका वडा नम्बर–९ स्थित एक किसानको धानखेतमा बिहीबार विहान बयस्क जंगली हात्ती मृत फेला परेको छ ।

स्थानीय किसान रोहितकुमार ढुंगानाको खेतमा दुवै दाह्रा हिलोमा जोतिएको अवस्थामा हात्ती मृत फेला परेको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ ।

जिल्ला वन कार्यालय र प्रहरीको टोली हात्ती मरेको स्थानमा गएको छ । एक महिना अघि मेचीनगर-३ कै पाँचपोखरी सामुदायिक वनमा अर्को बयस्क हात्ती मरेको अवस्थामा भेटिएको थियो ।

प्रकाशित समय १४:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु