गृहपृष्ठ जिल्ला समन्वय समिति मोरङ पनि नयाँ गाडी किन्ने तयारीमा

जिल्ला समन्वय समिति मोरङ पनि नयाँ गाडी किन्ने तयारीमा

सुरुमा ५५ लाख विनियोजन गरिएकोमा नपुग्ने भन्दै २० लाख थपियो

morang-newskarobar

जिल्ला समन्वय समिति मोरङले ७५ लाख खर्च गरेर नयाँ गाडी खरिद गर्ने निर्णय गरेको छ । स्थानीय तहले धमाधम सवारी साधन खरिद गरिरहदा आलोचना भैरहेको बेला जिल्ला समन्वय समिति मोरङको दोस्रो जिल्ला सभाको बैैठकले ७५ लाख रुपैयाँमा नयाँ गाडी किन्ने निर्णय गरेको हो ।

जिसससँग हाल दुइवटा गाडी छन् । नयाँ गाडी खरिद गरेपछि जिल्ला समन्वय समितिसँग सवारी साधनको संख्या तीन पुग्नेछ । जिससका प्रमुख नरेश पोखरेलले कार्यालयको अनुगमन तथा निरक्षणकालागि आवश्यक सवारी साधन अभाव भएकाले नयाँ गाडी खरिद गर्ने निर्णय गरिएको पत्रकार सम्मेलन गरी जानकारी दिए ।

कार्यालयकामा रहेको एउटा गाडी ३८ बर्ष पुरानो भएकाले नयाँ गाडी खरिद गर्न लागेको पोखरेलले बताए । नयाँ गाडी खरिदका लागि सुरुमा ५५ लाख विनियोजन गरिएको थियो तर नपुग्ने भन्दै दोस्रो जिल्लासभाबाट २० लाख थप गरिएको हो ।

 

मोरङका सबै स्थानीय तहलाई जिससको १ करोड
जिल्ला समन्वय समिति मोरङले आफ्नो आम्दानीको १७ करोड जिल्लाका १७ स्थानीय निकायलाई वितरण गर्ने भएको छ । जिल्ला समन्वय समितिको दोश्रो सभा बैठकले पारित गरेको निर्णयका विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा गत आर्थिक वर्षमा ढुंगागिटीबाट आम्दानी भएको मध्ये उक्त रकम १७ वटा स्थानीय तहलाई १÷१ करोडका दरले निकासा दिने निर्णय भएको समितिका प्रमुख नरेश पोखरेलले जानकारी दिए ।

जिल्ला समन्वय समितिले गत आर्थिक वर्षमा जिल्लाका खोला नालाको ढुंगागिट्टीको ठेक्का वापत कुल २५ करोड ३१ लाख २३ हजार ८ सय १५ रुपैयाँ आम्दानी गरेको थियो ।

जिल्ला समन्वय समितिको दोश्रो सभाले ढुगागिट्टीको ठेक्का वापत आएको आम्दानीको रकम स्थानीय तहलाई नै वितरण गर्ने निर्णय गरेको छ । नेपाल सरकारले अनुदान बापत जिल्ला समन्वय समितिलाई दिँदै आएको अनुदान रकममा यस वर्ष ५० प्रतिशतले कटौती गरेको जिल्ला समन्वय समितिले जनाएको छ ।

नेपाल सरकारले गत आर्थिक वर्ष २ करोड ७४ लाख निकास गरेकोमा चालु आर्थिक वर्षका लागि १ करोड २२ लाख मात्र निकासा गरेको प्रमुख पोखरेलले जानकारी दिए ।

प्रकाशित समय १५:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु