गृहपृष्ठ पञ्चकन्या ग्रुपको उत्कृष्ट म्यानेजर तामाङ र सर्वोत्कृष्ट कर्मचारी वाग्ले सम्मानित

पञ्चकन्या ग्रुपको उत्कृष्ट म्यानेजर तामाङ र सर्वोत्कृष्ट कर्मचारी वाग्ले सम्मानित

panchakanya_group

पञ्चकन्या ग्रुपले उत्कृष्ट कर्मचारीलार्इ सम्मान गरेको छ । पञ्चकन्याले उत्कृष्ट म्यानेजरमा नामगेल तामाङ, सर्वोत्कृष्ट कर्मचारीमा गोपालप्रसाद वाग्ले र उत्कृष्ट कर्मचारीमा सुजन श्रेष्ठलाई सम्मान गरेको हो ।

ग्रुपले आफ्नो ४६औं वार्षिकोत्सव तथा ग्रुपका अध्यक्ष प्रेमबहादुर श्रेष्ठको ८८औं जन्मोत्सवको अवसरमा एक कार्यक्रमको आयोजना गरी वर्षभरिमा बढी बिक्री गर्न सफल स्टिल, प्लास्टिक र एसएस वाटर ट्यांकका डिलरलाई पनि प्रशंसा पत्र तथा उपहारबाट सम्मानित गरेको छ ।

लामो समय सेवा अवधि पूरा गरेका कर्मचारीलाई पनि ग्रुपले सम्मान गरेको छ । कार्यक्रममा पञ्चकन्या समूहका सञ्चालक, कर्मचारी र डिलरहरुको उपस्थिति थियो ।

प्रकाशित समय १६:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु