गृहपृष्ठ एनआईसी एशियाको ९ प्रतिशत ऋणपत्र नेप्सेमा सूचिकृत, कारोबारका लागी बाटो खुल्यो ।

एनआईसी एशियाको ९ प्रतिशत ऋणपत्र नेप्सेमा सूचिकृत, कारोबारका लागी बाटो खुल्यो ।

काठमाडौं । एनआईसी एशिया बैंकले जारी गरेको ‘९ प्रतिशत एनआईसी एशिया ऋणपत्र २०८१र८२’ नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)मा सूचीकृत भएको छ । उक्त ऋणपत्र सूचीकृत भएसँगै बोण्डधनीहरुले ९ प्रतिशत एनआईसी एशिया ऋणपत्र २०८१ ८२’ धितोपत्र बजारमा कारोवार गर्न सक्ने भएका छन् ।

बैंकको उक्त ऋणपत्र सूचिकृत गर्ने सम्झौतामा नेप्सेको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद र बैंकको तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले हस्ताक्षर गरेका छन् ।

बैंकले जारी गरेको उक्त ऋणपत्र देशको हालसम्मकै ठूलो रकमको भएको, जसका लागि तोकिएको समयावधि भित्र शतप्रतिशत आवेदन परी बाँडफाँड भएको थियो ।

उक्त ऋणपत्रलाई इक्रा नेपाल लिमिटेडद्धारा “LA-” क्रेडिट रेटिङ्ग प्रदान गरेको छ । उक्त क्रेडिट रेटिङ्गले तोकिएको समयमा वित्तीय दायित्व पूरा गर्ने सक्ने बैंकको क्षमता तथा कर्जा जोखिम औसत कम रहेको जनाउँछ ।

प्रकाशित समय १५:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु