गृहपृष्ठ प्रदेश २ सरकारले भाइरल ज्वराबाट मृतक परिवारलाई २ लाख दिने
प्रदेश २ सरकारले भाइरल ज्वराबाट मृतक परिवारलाई २ लाख दिने
प्रदेश नम्बर २ सरकारले सप्तरीमा भाइरल ज्वरोका कारण मृत्यु भएका परिवारलाई २ लाख राहत दिने निर्णय गरेको छ । २ नम्बरको प्रदेश मन्त्रिपरिषदको निर्णयबाट सप्तरीमा भाइरल ज्वरो लागेर मृत्यु भएका परिवारलाई २ लाखको दरले राहत सहयोग गर्ने निर्णय गरिएको हो ।
सप्तरीमा भाईरल ज्वरो लागेर हालसम्म ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाबा बस्नेतको १३ वर्षीय छोरा दिवस बस्नेत, महेश्वर रामका १४ वर्षीय छोरा किशोर राम, जितेन्द्र रामको १४ वर्षीय छोरा अनिल कुमार राम र कञ्चनपुर–९ नागेश्वर सरदारको ६० वषिर्य श्रीमती भालसर देवी सरदार छन् ।
शुक्रबार मुख्यमन्त्री तथा सामाजिक विकासमन्त्रीको संयुक्त टोलिले सप्तरीको कञ्चनपुरमै पुगी मृतक परिवारलाई चेक हस्तान्तरण गर्ने जनाइएको छ ।
प्रकाशित समय १७:३० बजे
















