गृहपृष्ठ मालदिभ्समा नेपाली युवतीको मृत्यु

मालदिभ्समा नेपाली युवतीको मृत्यु

death-newskarobar सांकेतिक तस्बिर

झापाको मेचीनगर नगरपालिका-१० की २४ वर्षीया संगीता राजवंशीको मालदिभ्समा मृत्यु भएको छ । वैदेशिक रोजगारीका लागि घरेलु कामदारका रुपमा कलिङ भिसाबाट श्रम अनुमति लिएर मालदिभ्स गएकी उनको भदौ २५ गते मृत्यु भएको बुबा नकुल राजवंशीले जानकारी दिए ।

संगीतको शव शनिबार बिहान घर ल्याइपुर्याएपछि स्थानीय रामघाटमा दाहसंस्कार गरिएको छ । संगीताको मृत्यु आत्महत्याका कारण भएको भनी त्यहाँबाट खबर आएको मृतककी मामा राजकुमार राजवंशीले बताइन् । मालदिभ्सबाट श्रीलंकाको कोलम्बो हुँदै संगीताको शव शुक्रबार साँझ काठमाडौं ल्याइएको थियो । अविवाहित संगीता डेढ वर्षअघि वैदेशिक रोजगारीका लागि मालदिभ्स गएकी थिइन् ।

प्रकाशित समय ११:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु