गृहपृष्ठ २१ तोला सुनसहित व्यापारी पक्राउ

२१ तोला सुनसहित व्यापारी पक्राउ

२१ तोला सुनसहित सुर्खेतमा एक व्यापारी पक्राउ परेका छन् । बाँके उपमहानगरपालिका १४ सुनारमण्डीस्थित नयाँ राज ज्वेलर्सका सञ्चालक सहबुदिन जसगढ पक्राउ परेका हुन् ।
बिहीबार दिउँसो साढे बजे वीरेन्द्रनगर ११ सुर्खेतका सुब्बाकुना प्रहरी चौकीको चेक प्वाइन्टमा जाँचका क्रममा सुन फेला परेको थियो ।

भे ५ प १८ नम्बरको मोटरसाईकल लिएर आइरहेका उनलाई सुब्बाकुना प्रहरी चेक प्वाईन्टनजिकैबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनको साथबाट बरामद २१ तोला ७९ ग्राम सुनबारे प्रहरीले अनुसन्धान थालेको छ । उक्त सामान करिब १२ लाख बराबरको भएको अनुमान गरिएको छ ।

पक्राउ परेका व्यापारीलाई प्रहरीले शुक्रबार नै आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुर पठाएको छ । राजस्व अनुसन्धान कार्यालय कोहलपुरले म्याद थप गरी अनुसन्धान अगाडि बढाएको छ ।

प्रकाशित समय १७:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु