गृहपृष्ठ प्रदेश ५ का मन्त्रीहरु सामाजिक सञ्जालमा अपडेट छैनन्

प्रदेश ५ का मन्त्रीहरु सामाजिक सञ्जालमा अपडेट छैनन्

पुरानै विवरण, पुरानै पार्टी, दुईटा खातामा दुबै निस्कृय

प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल दाङ्गका स्थायी बासिन्दा हुन् । पोखरेल दाङ निर्वाचन क्षेत्र नं. २ (१)बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । सामाजिक सञ्जाल खासगरी फेसबुमा सक्रिय रहने पोखरेलले कुनै पनि महत्पूर्ण अवसरमा आफ्नो धारणा सामाजिक सञ्जालमा राख्ने गरेका छन् । शनिबार राती १०ः२० बजे मुख्यमन्त्री पोखरेलले एउटा स्टाटस पोष्ट गरेका छन्, ‘उत्तरी छिमेकी चीनको वाटो हुँदै समुन्द्रसम्मको पहुँचको पारवाहनको अधिकार विधिवत रुपमा स्थापित हुँदैछ । बधाई प्रम ओली र नेपाल सरकालाई ।’

मुख्यमन्त्री पोखरेल संघीयता कार्यान्वयन हुनुभन्दा पहिले केन्द्रका मन्त्री थिए । दाङ्गबाट चुनाव जिते पनि उनको सामाजिक सञ्जालमा गृह जिल्ला दाङ्ग र हाल बस्दै आएको काठमाण्डौं उल्लेख छ । रोचक कुरा त के छ भने पोखरेल हाल बुटवलमा बस्दै आएका छन् भने कहिलेकाहीँ काठमाण्डौं जानु स्वाभाविक हो । तर हाल बसोबासको कुरा उनले काठमाण्डौं नै लेख्दै आएका छन् ।

सामाजिक सञ्जालमा सक्रीय अर्का मन्त्री हुन सुर्दशन बराल । सामाजिका विकास मन्त्री बराल गुल्मीबाट चुनाव जितेर मन्त्री भएका छन् । उनी अन्य मन्त्रीहरु भन्दा बढी नै सामाजिक सञ्जालमा सक्रिय हुन्छन् । आफुले सम्बोधन गरेको कार्यक्रमको तस्बिर र कुनै अनलाईन मिडिया वा अन्यमा आएका समाचार पनि उनको फेसबुकमा निरन्तर सेयर भइरहेको हुन्छ । पार्टी एकिकरण भएर नेकपा भए पनि उनले आफ्नो पहिचानमा अहिले पनि सिपिएन माओष्ट(अर्थात नेकपा माओवादी) राखेका छन् ।

उनले गुल्मी गृह जिल्ला भएको र हाल बुटवलमा बस्दै आएको भन्ने आफ्नो परिचय समाजिक सञ्जालमा राखेका छन् ।

अर्का प्रदेश ५ का मन्त्री हुन लिला गिरी । वन वातवरण, उद्योग तथा पर्यटन मन्त्रालय सम्हालेका मन्त्री गिरी रुपन्देहीबाट निर्वाचित भएका हुन् । गिरीका फेसबुकमा दुई वटा एकाउन्ट छन् । आँफैले कमै मात्रै फेसबुक चलाउने गिरीका दुई वटै फेसबुक एकाउन्ट निस्कृय नै छन् । उनी रुपन्देहीका भए पनि दुई वटै फेसबुकमा बसोबास काठमाडौं उल्लेख छ । जानकारीमा उले लिभ इन काठमाडौं अर्थात काठमाडौंमा बसोबास गर्दै आएको लेखेका छन् । एउटा फेसबुक एकाउन्टमा गिरीले एउटा मात्रै फोटो अपलोड गरेका छन् भने हाल सम्म जम्मा १९ वटा फोटोहरु अपलोड गरेका छन् । जुन विभिन्न कार्यक्रम, सभा समरोह र खासगरी चुनाव प्रचारको बेला राखिएका अलि बढि छन् ।

अरुले फेसबुकमा ट्याग गरिएका भने प्रसस्तै फोटोहरु मन्त्री गिरीको फेसबुक वालमा देख्न सकिन्छ । पार्टी एकिकरण भएपनि उनले नेकपा एमाले नै आफ्नो पार्टी उल्लेख गरेका छन् ।

प्रदेश ५ का अन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीका पनि दुई वटा फेसबुक एकाउन्ट भेटिन्छ । दुवै एकाउन्टमा एउटा मात्रै फोटो पोष्ट गरेका छन् । एउटा एकाउन्टमा जन्मस्थान लगायतका कुरा उल्लेख नगरेका उनले अर्को एकाउन्टमा भने काठमाडौंमा बसोबास गर्दै आएको लेखेका छन् । काठमाडौंबाट नै आएको र काठमाडौंमा नै बसोबास गर्दैै आएको उनले फेसबुक एकाउन्टमा उल्लेख छ ।

यस्तै भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री आरती पौडेल कमै मात्रमा फेसबुमा सक्रिय हुन्छन् । विगत लामो समयदेखि एउटै मात्रै प्रोफाईल फोटो राखेकी उनको एकाउन्टमा ट्याग भने धेरै नै देखिन्छ । स्वकीय सचिव सूर्य रोकायले पल पलको अपटेड ट्याग गरिरहेका छन् । मन्त्री पौडेलले हाल सम्म आफ्नो एकाउन्टमा मात्रै ८ वटा फोटो अपलोड गरेकी छिन् । अधिकांस फोटो सेल्फी मोडमा छ भने एक दुई वटा अन्य फोटोहरु पनि छन् । उनका अन्य विवरण भने सबै खालि छन् । अर्थात अपडेट गरिएको छैन ।

प्रकाशित समय २०:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु