गृहपृष्ठ नबिल बैंककाे कार्ड प्रयोग गरे ग्रान्डी अस्पतालमा विशेष छुट पाइने
नबिल बैंककाे कार्ड प्रयोग गरे ग्रान्डी अस्पतालमा विशेष छुट पाइने
नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार गर्दा विशेष छुट पाउने भएका छन् । डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले उपचारगर्दा ७.५ प्रतिशतको विशेष छुट र सुविधा पाउने गरि नबिल बैंकले ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालसँग सम्झौ गरेको हो । बाह्य सेवा, औषधी तथा चिकित्सकीय सामाग्री र स्वास्थ्य केन्द्रको सुस्वास्थय प्याकेज र बहिरंग परामर्श शुल्कबाहेकका सेवामा नविल बैंकको कार्ड प्रयोकर्ताले छुट पाउने छन् । ‘ग्राहकहरुलाई अधिक सेवा प्रदान गर्ने हाम्रो प्रयासको निरन्तरता स्वरुप ग्रान्डीसँग सम्झौता भएको घोषणा गर्न पाउ“दा हामीलाई खुसी लागेको छ,’ नविल बैंककाका प्रमुख खुद्रा बैंकिङ निरज शर्माले भने, ‘यो सहकार्यले हाम्रा कार्ड प्रयोगकर्ताहरुलाई लाभ पुग्ने छ ।’
सम्झौतासँगै आफूलाई सेवामा थप एक कदम अगाडि बढेको महशुस भएको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका प्रमुख संचालन अधिकृत सेवानिवृत्त महासेनानी अमृत खन्नाले बताए । धापासीमा रहेको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल दुई सय बेड सहितको सुविधा सम्पन्न स्वास्थ्य संस्था हो । अस्पतालमा ३५ विशेषज्ञ विभाग र एक वेलनेश सेन्टर रहेकोछ । यता, नबिल बैंकले ७४ वटा शाखाहरुको बृहत सञ्जाल, १ सय १८ वटा एटीएमहरुको संरचना र १ हजार पाँच सयभन्दा बढी नबिल रेमिट एजेन्टका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टमार्फत् सेवा प्रदान गर्दै आएको छ ।
प्रकाशित समय १०:२३ बजे

















