गृहपृष्ठ लुका मोडरिक बने फिफा वर्ष खेलाडी

लुका मोडरिक बने फिफा वर्ष खेलाडी

तोडियो मेसी र रोनाल्डोको १० वर्षे दबदबा

क्रोएसिया तथा रियाल मड्रिडका मिडफिल्डर लुका मोडरिकले यो वर्षको फिफा उत्कृष्ट खेलाडीको अवार्ड जितेका छन् ।

लण्डनमा भएको कार्यक्रमबाट लियोनल मेसी र क्रिष्टियानो रोनाल्डोको १० वर्षे दबदबा तोड्डै मोडरिक फिफा वर्ष खेलाडी बन्न सफल भएका हुन् । उनले अन्तिम तीनमा यो सिजनबाट युभेन्टस्मा खेल्न थालेका रोनाल्डो र लिभरपुलका मोहम्मद सलाहलाई पछि पारे । बार्सिलोनाका लियोनल मेसी भने अन्तिम तीनमा अटाएका थिएनन् ।

 

मोडरिकले २९.०५ प्रतिशत, रोनाल्डोले १९.०८ र सलाहले ११.२३ प्रतिशत मत पाएका थिए । रियाल मड्रिडले लगातार तीन पटक च्याम्पियन्स लिग जित्दा टिमका मुख्य सदस्य रहेका उनले २०१८ विश्वकपमा टिमलाई फाइनलसम्म पुर्याएका थिए ।

 

३३ वर्षीय मोडरिकले विश्वकपमा उत्कृष्ट खेलाडी घोषित हुँदै गोल्डेन बल पाएका थिए । यसअघि रोनाल्डोलाई पछि पार्दै यूईएफए प्लेयर अर्वाड पनि हात पारेका थिए ।

मोडरिक मिडफिल्डर भएपनि जुनसुकै बेला विपक्षीमाथि भारी बन्न सक्ने खुवी राख्छन् । उनको प्रेरणामा प्रेरणामा रियल मड्रिडले लगातार तीन पटक युरोपेली च्याम्पियन्स लिगको उपाधि उचालिसकेको छ ।

यस्तै, यो वर्षको फिफा उत्कृष्ट महिला खेलाडीको अवार्ड भने ब्राजिलकी मार्टाले जितेकी छन् ।

डिडियर डेसच्याम्प उत्कृष्ट प्रशिक्षक घोषित भए । उनले फ्रान्सलाई विश्वकपको उपाधि दिलाएका थिए । मोहम्मद सलाहले उत्कृष्ट गोलका लागि पुस्कास अवार्ड पाएका छन् ।

प्रकाशित समय ०७:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु