गृहपृष्ठ कांग्रेस नेता दाहाल नेकपामा प्रवेश

कांग्रेस नेता दाहाल नेकपामा प्रवेश

नेपाल टेलिभिजनका पूर्व अध्यक्ष एवं नेपाली कांग्रेसका नेता महेश दाहाल सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित एक कार्यक्रममा दाहाललाई नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वागत गरेका थिए ।

नवप्रवेशी दाहालले मुलुकको भविष्य निर्माण गर्नसक्ने पार्टी नेकपा भएकाले आफू उक्त पार्टीमा प्रवेश गरेको बताए । व्यक्तिगत स्वार्थका लागि नभई देश र जनताको हितलाई केन्द्रमा राखी नेकपामा प्रवेश गरेको उनको भनाई थियो ।

नेपाली कांग्रेसका भातृ संगठनहरु नेपाल विद्यार्थी संघ, नेपाल तरुण दललगायतको केन्द्रीय नेतृत्वमा रहेर काम गरेका दाहाल मुलुक निर्माणमा सहयोग गर्न भन्दै नेकपामा प्रवेश गरेका हुन् ।

नेकपाका अध्यक्ष प्रचण्डले भने दाहालको क्षमता र अनुभवलाई मुलुकको समृद्धिका लागि सक्दो सदुपयोग गर्ने बताए । उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न दाहालको बहुआयामिक व्यक्तित्वले सघाउ पुर्याउने बताए । दाहाललाई उचित जिम्मेवारी दिइने प्रचण्डको भनाई थियो ।

प्रकाशित समय १८:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु