गृहपृष्ठ प्रधानमन्त्रीले सपना बाँडेर बर्बाद गरे : वैद्य

प्रधानमन्त्रीले सपना बाँडेर बर्बाद गरे : वैद्य

फाइल तस्बिर

नेकपा (क्रान्तिकारी) माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ले प्रधानमन्त्री ओलीले सपना मात्र बाँडेको तर सो अनुरुपको काम गर्न नसकेको आरोप लगाएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव वैद्यले प्रधानमन्त्रीले ‘सुखी नेपाली समृद्ध नेपाल’को सपना बाँढेर मुलुकलाई बर्बाद बनाएको दावी गरे ।

दुई तिहाईको सरकारले ७ महिनाको जनअपेक्षा अनुरुपका कार्य गर्न नसकेको आरोप लगाए । यो अवधिमा सुन तस्करीलाई नियन्त्रण गर्न नसकेको, बलात्कारपछिका हत्या गर्नेलाई कारबाही गर्न नसकेको भन्दै सरकारको आलोचना गरे । उनले श्रमजीवि नागरिकको पक्षमा उभिन पार्टीका नेता कार्यकर्तालाई सचेत गराए ।

प्रकाशित समय १७:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु