गृहपृष्ठ पार्टी विधान संशोधनमा जुटेको छ : उपसभापति निधि

पार्टी विधान संशोधनमा जुटेको छ : उपसभापति निधि

nidhi-newskarobar

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टी नेतृत्व विधान संशोधनमा जुटेको बताएका छन् । प्रेस युनियन दाङले आइतबार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उपसभापति निधिले पार्टी अहिले सातवटै प्रदेशका १२ स्थानमा विधान संशोधनको लागि सुझाव सङ्कलनमा जुटेको बताए ।

संघीय संरचनाअनुसार पार्टीको गतिविधि सञ्चालन गर्नुपर्ने हुँदा अहिले पार्टीको सबै शक्ति त्यततर्फ लागेको उनको भनाइ थियो । नेता निधिले कांग्रे्रस ऐतिहासिक पार्टी भएको हुँदा लोकतान्त्रिक गणतन्त्र र संघीय संरचनाअनुसार पार्टीलाई ढाल्नुपर्ने हुदाँ आफूले सो कामलाई जोडदार रुपमा अगाडि बढाएको दाबी गरे ।

उनले विधान अनुसार नै पार्टीले आगामी महाधिवेशन गरी पार्टीको गतिविधि अगाडि बढाउने जानकारी दिए । नेता निधिले कम्युनिष्ट सरकारले कुनै पनि काम गर्न नसकेको आरोप लगाए ।
‘विकास निर्माणदेखि प्रदेशको कानून निमार्णसम्मको कुनै पनि काम सरकारले गर्न सकेको छैन,’ निधिको आरोप थियो ।
(रासस)

प्रकाशित समय १२:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु