गृहपृष्ठ रामपुरमा धार्मिक मेला, सांस्कृतिक कार्यक्रम पनि हुने

रामपुरमा धार्मिक मेला, सांस्कृतिक कार्यक्रम पनि हुने

विजया दशमीको अवसर पारेर बेलका नगरपालिकाको केन्द्र रामपुरमा धार्मिक मेला संचालन हुने भएको छ । दसैँको अवसर पारेर पहिलो पटक रामपुरमा धार्मिक मेला संचालन हुने लागेको हो । बेलका नगरपालिका वडा नम्बर ९ र स्थानीय व्यापारीको अग्रसरतामा यही असोज २४ गते घटस्थापनाको दिनदेखि कार्तिक ७ पूर्णिमाको दिनसम्म मेला संचालन हुने छ । मेला जिरो प्वाइन्टस्थित पुराना ठाना भएको ठाउँमा लाग्ने बताइएको छ ।

चण्डी पाठदेखि विभिन्न १३ देवीदेवताका मूर्ति तथा सांस्कृतिक कार्यक्रम मेलाका प्रमुख आकर्षण हुने छन् । स्थानीय व्यापारी एवं धार्मिक मेलाका सहजकर्ता कामेश्वर गिरीका अनुसार महादेव, दुर्गा, गणेश, लक्ष्मी, सरस्वती, सम र सोमलगायत १३ भगवानका मूर्ति मेलामा राखिने छ । ‘विहान २ घण्टा, दिउँसो २ र साँझ २÷३ घण्टा पुजा, पाठ भजन तथा किर्तन गरिनेछ,’ गिरीले भने, ‘बीचमा सांस्कृतिक कार्यक्रम पनि हुनेछ ।’

बेलाकाबासीबीच आपसी सद्भाव बढाउनु, धर्मप्रति आम युवाको विश्वास कायम राख्नु, छिमेकी वडासँगको सामिप्यता बढाउनु मेलाको प्रमुख उद्देश्य रहेको गिरीले बताए ।

मेला आयोजना गर्न करिब ६ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । उक्त खर्च स्थानीय व्यपारीहरुले आपसी रुपमा संकलन गरेका छन् । ‘नगरपालिकाले सहयोग गर्ने मौखिक आश्वासन दिएको छ,’ स्थानीय व्यापारी गिरीले भने, ‘अहिलेलाई हामी व्यापारीले आ–आफूबाटै उठाएर खर्च गरिरहेका छौँ ।’

मूर्ति तयार गर्दा बेला लिइएको तस्बिर :

तस्बिर : सूर्यनारायण साह

प्रकाशित समय १२:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु