गृहपृष्ठ उद्यमीलाई प्रोत्साहन गर्दै बेलका नगरपालिका

उद्यमीलाई प्रोत्साहन गर्दै बेलका नगरपालिका

व्यवसायिक कृषिलाई प्रोत्साहन गर्न बेलका नगरपालिकाले १५ जना कृषकलाई ‘सोलार कन्डक्सन ड्रायर’ वितरण गरेको छ । नगर प्रमुख दुर्गाकुमार थापाको विशेष पहलमा ९० हजार रुपैयाँ पर्ने यो प्रविधि ६५ हजार रुपैयाँ अनुदानमा नगरपालिकाले कृषकलाई दिएको हो । केही महिनाअघि नगरपालिकाले नै तालिम दिएका १ देखि ९ नम्बरसम्मका १५ जना कृषकबाट जनही १२ हजार रुपैयाँ लिएर ड्रायर दिइएको नगरपालिकाले जनाएको छ । सोलार कन्डक्सन ड्रायर लिएका उद्यमीले एक वर्षपछि थप १३ हजार रुपैयाँ बुझाउनुपर्नेछ ।

के हो सोलार कन्डक्सन ड्रायर ?

सोलार कन्डक्सन ड्रायर चार/पाँच वर्ष अगाडीदेखि भारतमा नगदे र तरकारी खेतीलाई सुकाएर बजारमा पुराउन प्रयोग हुँदै आएको नौलो प्रविधि हो । नेपालमा यो प्रविधि केही वर्षअघिमात्रै भित्रिएको हो । यसलाई खाद्यान्न संरक्षण गर्ने नविनतम प्राकृतिक प्रविधिका रुपमा पनि लिइन्छ । यो ड्रायरमा सागदेखि मासुसम्म सुकुटी पार्न मिल्छ ।

सोलार कन्डक्सन ड्रायरका फाइदाहरु
१).बिजुली नचाहिने
२) सञ्चालन खर्च नलाग्ने
३) परम्परागत ड्रायरभन्दा निकै सस्तो
४) साना किसानका लागि अति उपयोगी
५) खाद्य उद्योगको लागि प्रभावकारी
६) एक पटकमा १२/१४ किलोसम्म सुकाउन सकिने
७) सजिलै जडान गर्न निकाल्न र ढुवानी गर्न सकिने
८) कुनै पनि रसायनको प्रयोग गर्नु नपर्ने

उत्पादनमा मेरो साथ, बस्दिनँ म खाली हात’ भन्ने मुल नाराका साथ साल २०७५ लाई उत्पादनको आधार वर्ष बनाउने प्रयासमा नगरपालिकाले उत्पादनमुलक क्षेत्रमा लाग्न चाहनेलाई प्रोत्साहन गर्दै आएको छ । केही हप्ताअघिमात्र नगरपालिकाले महिलाहरुलाई आँटा बनाउने मेसिन दिएको थियो ।

प्रकाशित समय १६:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु