गृहपृष्ठ आइएमई लिमिटेड र एन्टिक फेसन स्टोरबीच सम्झौता
आइएमई लिमिटेड र एन्टिक फेसन स्टोरबीच सम्झौता
काठमाडौंको पानीपोखरीमा केन्द्रीय कार्यालय रहेको आइएमई लिमिटेड र बनेपास्थित नाला दोबाटोमा रहेको एन्टिक फेसन स्टोरबीच सेवा आदानप्रदानसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार आइएमई प्रिभिलेज कार्डबाहक सेवाग्राहीले एन्टिक फेसन स्टोरबाट सामान खरिद गर्दा ३० प्रतिशतसम्म छुट पाउनेछन् ।
यो सुविधा लिनका लागि आइएमईले प्रदान गरेको आइएमई प्रिभिलेज कार्ड स्टोरको क्यास काउन्टरमा देखाउनुपर्नेछ । सम्झौता पत्रमा आइएमईका मार्केटिङ तथा सेल्स अधिकृत अजय थापा र एन्टिक फेसनका बजार तथा व्यापार प्रवद्र्घन विभाग प्रमुख सञ्जीव प्रजापतिले हस्ताक्षर गरेका छन् । सम्झौता असोज १० गतेदेखि एक वर्षसम्मका लागि लागू हुनेछ ।
आइएमईसँग आबद्ध सेवाग्राहीलाई विभिन्न सेवामा सहुलियतपूर्ण सुविधा प्रदान गर्न सकियोस् भन्ने उद्देश्यका साथ यस्ता कार्यक्रम सञ्चालन गरिँदै आएको आइएमई ग्रुपका प्रमुख जनसम्पर्क व्यवस्थापक राजु पौडेलले बताए ।
स्थापनादेखि नै रेमिट्यान्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको १८औँ वर्षसम्ममा नेपालका सहरी तथा ग्रामीण क्षेत्रलाई समेट्ने गरी एक सय ८४ आइएमई सेन्टरसहित ७७ जिल्लाका ८ हजार ५ सयभन्दा बढी सब–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत विदेशमा कार्यरत नेपालीले कमाएको रकम देशमा रहेका आफन्तलाई छिटोछरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आएको छ ।
प्रकाशित समय २०:०६ बजे

















