गृहपृष्ठ भारतमा पेट्रोलियम पदार्थको मूल्य घट्यो

भारतमा पेट्रोलियम पदार्थको मूल्य घट्यो

भारत सरकारले बिहीबार पेट्रोलियम पदार्थको मुल्य घटाएको छ । पेट्रोल र डिजेलमा प्रतिलिटर भारतीय २ रुपैयाँ ५० पैसा घटाएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।

घटाएको मूल्य तत्कालै कार्यान्वयन हुने पनि उनीहरूले बताएका छन् । मूल्य घटाउन सरकारले तीन बुँदे योजना बनाएको समेत जनाएको थियो । देशका वित्तमन्त्री अरुण जेट्लीले डिजेल र पेट्रोलमा राज्यको तर्फबाट लाग्ने एक रुपैयाँ ५० पैसाबराबरको कर पनि कटौती गरिएको बताए । त्यसमा तेल बिक्री–वितरण गर्ने कम्पनीहरूले प्रतिलिटरमा थप एक रुपैयाँ घटाउने भएका छन् ।

त्यसैगरी, तेलको मूल्य घटाउने तेस्रो उपायको रुपमा वित्तमन्त्री जेट्लीले प्रदेश सरकारहरूलाई पनि कर कटौती गर्न लगाएका छन् । उनका अनुसार प्रदेशमा त डिजेल र पेट्रोलको प्रतिलिटर भारतीय पाँच रुपैयाँसम्म पनि मूल्य घट्न सक्नेछ ।

भारतको महाराष्ट्र र गुजरात प्रदेशमा सत्तारुढ दल भारतीय जनता पार्टीले प्रतिलिटर भारतीय दुई रुपैया ५० पैसा घटाउने घोषणा गरिसकेको जनाइएको छ ।

(रासस)

प्रकाशित समय १९:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु