गृहपृष्ठ संघीयता विरोधीले करको भ्रम फैलाए : मन्त्री गुरुङ

संघीयता विरोधीले करको भ्रम फैलाए : मन्त्री गुरुङ

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले संघीयता विरोधीले अनावश्यकरुपमा करको भ्रम फैलाएको बताएका छन् ।

लायन्स क्लब अफ शुक्लागण्डकी टाउनको आयोजनामा तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा आजदेखि शुरु भएको ‘शुक्लागण्डकी लायन्स महोत्सव’को उद्घाटन गर्दै उनले सामाजिक सञ्जालबाट अनावश्यकरुपमा करको भ्रम सिर्जना भएको बताए ।

‘संघीयता विरोधीले करको भ्रम सिर्जना गरिरहेका छन्,’ उनले भने, ‘त्यसको पछाडि नलाग्न म सबै सर्वसाधारणलाई आग्रह गर्दछु ।’ मन्त्री गुरुङले राज्यले जनतालाई मार नपार्ने गरी कर उठाउनेसमेत बताए ।

उनले मुलुक समृद्ध बनाउन देशलाई योगदान गर्नुपर्ने बताए । ‘कर तिरेमात्रै मुलुक समृद्ध हुन्छ,’ उनले भने । कर छल्ने, ठग्नेजस्ता काम बन्द गर्न आग्रह गर्दै कर तिरे मात्रै नेपाली नागरिक भइनेसमेत उनको भनाई थियो ।

प्रकाशित समय १८:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु