गृहपृष्ठ मेडिसिटीद्वारा एनसेलका कर्मचारीको आँखा परीक्षण
मेडिसिटीद्वारा एनसेलका कर्मचारीको आँखा परीक्षण
नेपाल मेडिसिटी अस्पतालले बिहिबार एनसेलका झण्डै २०० कर्मचारीको आँखा परीक्षण गरेको छ । विभिन्न संस्थाका कर्मचारीहरुका निमित्त शुरु गरिएको ‘वान डे विथ कर्पोरेट’ अभियान अन्तर्गत एनसेलका कर्मचारीको आँखा परिक्षण गरिएको अस्पतालले जनाएको छ ।
सो क्रममा अस्पतालकी नेत्र विभाग प्रमुख डा. पूजा लामासहितको टोलीले आँखाको भिजन टेष्टिङ्ग र क्याटराक्ट टेष्ट अर्थात मोतिविन्दु परिक्षण गरिएको थियो । प्रायजसो कम्प्युटर र विद्युतिय उपकरणसँग काम गर्नुपर्ने भएकाले अधिकांशको आखाँमा समस्या हुने गरेको डा. लामाले बताइन् ।
कम्प्युटरमा काम गर्नेक्रममा चस्माको प्रयोग अति आवश्यक पर्ने भएकाले यसको प्रयोग गर्न उनले जोड दिइन् । उनले धुवा धुलोका कारण पनि आँखामा समस्या देखिएको जानकारी दिइन् ।
शिविरमा कर्मचारीहरुले कार्यलयमै चिकित्सकसँग परामर्श गर्न पाएकोमा खुशी व्यक्त गरेका थिए । यस किसिमका शिविरले जनचेतना अभिवृद्धिमा गर्नेे र बेलैमा रोगको पहिचान गर्ने कार्यमा सहयोगी भूमिका खेल्ने भएकाले अस्पतालले यस्ता कार्यक्रमलाई निरन्तरता दिने अस्पतालका कर्पोरेट प्रमुख तेन्जीङ्ग कुन्सेल बज्राचार्यले बताए ।
प्रकाशित समय २०:३१ बजे

















