गृहपृष्ठ नेकपाले बोलायो सचिवालय बैठक

नेकपाले बोलायो सचिवालय बैठक

Nekapa-Sachibalaya_newskarobar फाइल तस्बिर

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बाँकी रहेको एकीकरण तथा समसामयिक विषयमा छलफल गर्न आइतबार पार्टी सचिवालयको बैठक आह्वान गरेको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को छलफलपछि महासचिव विष्णु पौडेलले आइतवार अपराह्न सचिवालय बैठक बोलाएका हुन् ।

दुवै अध्यक्ष विदेशमा भएका बेला पार्टीभित्र विवाद उत्पन्न भएको र नेताहरु आरोप प्रत्यारोपमा उत्रिएका बेला शुक्रबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा ओली र प्रचण्डबीच छलफल भएको थियो ।

यसअघि सचिवालय बैठकले गरेको प्रदेश कमिटी पदाधिकारी चयन सम्बन्धी निर्णयमा माधव नेपालले असहमति जनाउँदै स्थायी कमिटी बैठक माग गरेका गरेका थिए । तर स्थायी समिति बैठक भने बोलाईएको छैन । पार्टीको जनवर्गीय तथा भतृसंगठनलगायत तल्लो तहमा वाँकी रहेको एकिकरणको प्रकृयाबारे निर्णय लिन सचिवालय बैठक बोलाइएकोे नेकपाले जनाएको छ ।

प्रकाशित समय २०:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु