गृहपृष्ठ सिद्धार्थ बैंक र हिमाल डेन्टल हस्पिटलबीच सम्झाैता

सिद्धार्थ बैंक र हिमाल डेन्टल हस्पिटलबीच सम्झाैता

siddhartha_bank-newskarobar

सिद्धार्थ बैंक र हिमाल डेन्टल हस्पिटल एन्ड इन्स्टिच्युज अफ डेन्टल साइन्सबीच बैंकका कर्मचारी, ग्राहक र कार्डबाहकलार्इ सेवामा छुट दिनेसम्बन्धी सम्झौता भएको छ । अस्पतालमा स्वास्थ्य सेवा लिँदा २० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेसम्बन्धी सम्झौतापत्रमा बैंक र डेन्टल अस्पतालबीच सम्झौता भएको हो ।

सम्झौतापत्रमा सिद्धार्थ बैंकका पेमेन्ट सलुसन्स प्रमुख सुरेशराज महर्जन र हिमाल डेन्टलका प्रबन्ध निर्देशक राजेन्द्रप्रसाद भट्टले हस्ताक्षर गरे । सम्झौताअनुसार सिद्धार्थ बैंकका ग्राहकले स्वास्थ्य सेवा लिँदा १५५ सम्म र कर्मचारी तथा क्रेडिट कार्डवाहकले भुक्तानी गर्दा २०५ रूपैयाँसम्मको विशेष छुट उपभोग गर्न सक्नेछन् ।

सिद्धार्थ बैंकले हाल देशभर १२६ वटा शाखा (३ एक्स्टेन्सन काउन्टरसहित), ९९ शाखारहित बैंकिङ र १३१ एटिएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित समय ११:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु