गृहपृष्ठ स्याङयोङ गाडीको नयाँ सोरूम पोखरामा, नयाँ गाडीमा अफरै-अफर
स्याङयोङ गाडीको नयाँ सोरूम पोखरामा, नयाँ गाडीमा अफरै-अफर
स्याङयोङ गाडीको नेपालका लागि आधिकारिक वितरक तथा आर्इएमएस ग्रुपअन्तर्गतको व्यवसायमा अग्रणी स्थानमा रहेको आर्इएमएस मोटर्सले पोखराको बुद्धचोकमा नयाँ सोरुमको स्थापना गरेको छ । नयाँ सोरूम स्थापनाको अवसर पारेर स्याङयोङले ‘स्याङयोङ अनबिटेबल’ अफर पनि ल्याएको छ ।
स्याङयोङ अनबिटेबल अफरअन्तर्गत पोखरास्थित स्याङयोङका ग्राहकलाई पूर्व बजेट मूल्य तोकिएको छ, जसमा ५ लाख रुपैयाँसम्म छुट, प्रत्येक स्याङयोङ गाडीको खरिदमा सामसङ ग्यालेक्सी नोट ९ क्राउन, एक्सचेन्जको सुविधालगायत तीन वर्षको वारेन्टी ९६ हजार किलोमिटरसम्म सुलभ इएमआइ, एक वर्षको निःशुल्क सडक कर, एक वर्षको निःशुल्क बिमा, ५ वर्ष निःशुल्क सर्भिसिङ, निःशुल्क एसेसरिज २५ हजार रुपैयाँसम्म सुविधा प्रदान गरिएको छ ।
‘ग्राहकले स्याङयोङप्रति गरेको विश्वासका लागि हामी आभारी छौं । पोखरामा पनि कोरियन लक्जरी एस यु भी सुविधा प्रदान गर्न पाउँदा हामी निकै खुसी छौं,’ आइएमएस ग्रुपका प्रमुख कार्यकारी निर्देशक दिकेश मल्होत्राले भने । स्याङयोङ दक्षिण कोरियाको स्तरीय एसयूभी ब्रान्ड ओटोमोबाइल निर्माता हो ।
प्रकाशित समय ११:४६ बजे

















