गृहपृष्ठ व्यवसायीहरुले आन्दोलनमा समितिको पैशा प्रयोग गरे सरकारले कारवाहि गर्ने

व्यवसायीहरुले आन्दोलनमा समितिको पैशा प्रयोग गरे सरकारले कारवाहि गर्ने

काठमाडौं । व्यवसायीहरुले आन्दोलनमा याातायात समितिको पैशा प्रयोग गरे सरकारले कारवाही गर्ने चेतावनी दिएको छ । समितिको पैसा आन्दोलनमा प्रयोग गरे आर्थिक अपराध ऐनअन्तर्गत रहेर कारवाही गरिने भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठले चेतावनी दिएका छन्। व्यवसायीले बैंकबाट समितिको पैसा झिकेर आन्दोलनमा परिचालन गरे सरकारले संस्थाको पैसा रोक्का गरेर सम्पत्ति शुद्धिकरणमार्फत् छानबिन गरी कारवाही गर्ने सोमबार राजधानीमा आयोजित कार्यक्रममा उनले बताए । ‘मन्त्री महासेठले सरकार सिण्डिकेटको अन्त्य र सवारी दर्ताको सम्बन्धमा कुनै सम्झौता नगर्ने स्पष्ट पारे। सरकारले गाडी चलाउने नभई व्यवसायीमार्फत नै व्यवस्थित रूपमा सञ्चालन गर्न सहयोग गर्ने बताए। ‘सरकारले व्यवसाय गर्दैन तर व्यवसायीहरूले सिण्डिकेटको बचाउ गर्दै चक्काजाम गरे वैकल्पिक व्यवस्था गर्न नयाँ गाडी समेत ल्याउन सक्छौँ’ उनले भने। सरकारले ‘व्यवसायीहरूका समस्या, समाधान गर्न हामी प्रतिबद्ध रहेको उनले बताए  । ‘सरकारले गरेको निर्णयलाई स्वागत गरे राजस्व  तिर्नको लागि बैंकिङ सिस्टम लगायतका व्यवस्थामा सहयोग गर्छौँ।’

सरकारले गरेको निर्णयलाई व्यवसायीले अटेर गरेर तोकिएको अवधिभर कम्पनीमा दर्ता नगराए हाल पाएका सुविधाबाट पनि बञ्चित गर्ने मन्त्री महासेठले चेतावनी दिए। सार्वजनिक यातायातको स्तरोन्नतिको लागि सरकारले विशेष मापदण्ड पनि तयार पार्ने जानकारी दिए। ट्याक्सीमा भएका सिण्डिकेटलाई पनि अन्त्य गर्ने उद्घोष गरे। त्यसका लागि ट्याक्सीहरूलाई कम्पनीमा दर्ता गराई कम्पनीमार्फत् सञ्चालन गर्ने व्यवस्था लागू गर्ने तयारी गरिएको उनको भनाइ छ।

प्रकाशित समय १८:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु