गृहपृष्ठ आइएमईका कर्मचारीलाई भेनस अस्पतालमा १५ प्रतिशत छुट
आइएमईका कर्मचारीलाई भेनस अस्पतालमा १५ प्रतिशत छुट
आइएमईका कर्मचारीले भेनस अस्पतालमा स्वास्थ्य सेवामा १५ प्रतिशत छुट पाउने भएको छन् । काठमाडौंको पानीपोखरीमा रहेको आइएमईको केन्द्रिय कार्यालय र भेनस अस्पतालबीच स्वास्थ्य सेवामा १५ प्रतिशत छुट दिने सम्झौता भएको हो ।
सम्झौता अनुसार आइएमई प्रिभिलेज कार्ड भएका सेवाग्राही र कर्मचारीले क्रमश : १० र १५ प्रतिशत छुट पाउने छन् । सेवाग्राहीको हकमासुविधा लिनका लागि आइएमईले प्रदान गरेको आइएमई प्रिभिलेज कार्ड र कर्मचारीहरूले आइएमई कार्यालयले जारी गरेको परिचयपत्र अस्पतालको ओपीडी शाखामा देखाउनुपर्नेछ ।
सम्झौतामा आइएमईका बजार अधिकृत अविनाश श्रेष्ठ र भेनस अस्पतालको अध्यक्ष श्रीराम ढकालले हस्ताक्षर गरेका हुन् ।
प्रकाशित समय १७:१० बजे

















