गृहपृष्ठ एभरेष्ट बैंक र फिन सर्ट बीच रेमिट्यान्स सम्झौता

एभरेष्ट बैंक र फिन सर्ट बीच रेमिट्यान्स सम्झौता

एभरेष्ट बैंक लिमिटेड र दक्षीण कोरियाली मनिट्रान्स्फर अपरेटर फिनसर्ट आइनकर्पोरेटबीचमा रेमिट्यान्स सम्झौंता भएको छ । यसपछि दक्षिण कोरियाबाट एभरेष्ट बैंकमा रेमिट्यान्स पठाउन सहज हुने बैंकले जनाएको छ । सम्झौता पत्रमा बैंकका अधिकारी र फिनसर्टका प्रमुख कार्यकारी अधिकृतले हस्ताक्षर गरेका छन् ।

क्वाइन सर्ट एउटा रजिस्टर्ड अनलाईन प्रडक्ट हो र यसले फिनसर्टबाट सेवा प्रदान गर्नेछ । जसलाई सजिलै वेभसाइट तथा मोवाइल एप्लीकेशनमा पाउन सकिन्छ । एन्ड्रोइड तथा आईओएस दुबै डिभाइसमा उक्त एपलिकेसन रहेको छ ।

रेमिट्यान्स पठाउनेले क्वाइसर्टमा रजिस्टर हुनुपर्ने र क्वाइसर्टले एभरेस्ट बैंकमार्फत नेपालमा रेमिट्यान्स पठाउने बैंकले जनाएको छ । यो समझदारीसँगै बैंकको सेवा दक्षीण कोरियासम्म पुगेको बैंकद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

प्रकाशित समय १९:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु