गृहपृष्ठ कर्णाली प्रदेशसभा दुई महिनादेखि अवरुद्ध
कर्णाली प्रदेशसभा दुई महिनादेखि अवरुद्ध
माग पूरा नभएसम्म बैठक चल्न नदिने प्रतिपक्षीकाे अडान
गत साउन २५ गते बैठक बसी त्यसपछि स्थगीत भएको कर्णाली प्रदेशसभा बैठक बुधबार पनी स्थगीत भएको छ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसदहरुले तिन वटा माग राख्दै संसद अवरुद्ध गरेपछि बुधबार पनी बैठक बस्न सकेन ।
कर्णाली प्रदेशसभाको बैठक मंगलबार पनि नबसी स्थगीत भएको थियो । कर्णाली प्रदेश सरकारले रातो किताब ननिकालेको, प्रदेशसभा सदस्यहरुको सेवासुविधा सम्बधी विधेयक नल्याएको र यती लामो समयसम्म पनी प्रदेशसभा बैठक संञ्चालन गर्न नसक्ने सरकारले सांसदहरुलाई काम दिन नसकेकोले यि तिन मागहरुमा सकाररको ध्यान जाओस भनि संसद अवरुद्ध गरेको कर्णाली प्रदेश प्रमुख प्रतिपक्ष दलका नेता जीवनबहादुर शाहीले बताए ।
‘कर्णालीमा यतीका लामो समयसम्म संसद चलेन । योजना आयोग बनाउनुपर्ने भए पनि निवेदन दिएकै भरमा योजना बन्ने गर्नाले विकास होईन विनाश गरेको छ,’ उनले भने, ‘रातो किताब अहिले सम्म आएको छैन कर्णालीको विकासको मेरुदण्ड रातो किताब हो । त्यो यो सरकारले ल्याउनुपर्दछ ।’
सरकारले कर्णाली गरिब छ मात्रै भन्ने तर हाइफाई भने धेरै गर्ने गरेको आरोप लगाउँदै उनले भने, ‘कानुन नबनाई फजुल खर्च गर्ने कर्णाली सरकारले जनता तथा प्रदेशसभा सदस्यलाई मेरो क्षेत्रमा कती बजेट परेको छ भन्ने जानकारी दिन पनी रातो किताब ल्याउनुपर्छ ।’ आफूहरुले कर्णाली सरकारलाई धेरै विश्वास गरेको र सरकारका तर्फबाट वेवास्था भएकोले माग पूरा नभएसम्म संसद अवरुद्ध गरिरहने उनको भनाइ थियो ।
संसद अवरुद्धका विषयमा कर्णालीका सभामुख राजबहादुर शाहीले प्रतिपक्षका तीन वटा मागमा कर्णाली सरकार अड्किएको र त्यसबारेमा छलफल भइरहेको बताए । उनले भने, ‘आज पनि हामीहरु प्रतिपक्षसँग छलफलमा बस्यौं, तर छलफलको टुङ्गो लागेन भोली पनि प्रतिपक्षसँग छलफल गर्ने तयारी छ । सम्भवतः भोली सहमती भयो भने २६ गते संसद चल्ने छ ।’
उता कांग्रेसका तर्फबाट निर्वाचित सांसद अमृता शाहीले कर्णाली सरकारले यती छोटो अवधीमा रातो किताब निकाल्ला भन्ने विश्वास नलागेको बताईन् । उनले भनिन्, ‘सरकारले आजसम्म नगरेको काम गर्ला भन्ने विश्वास त लागेको छैन तर पहिले नै रातो किताब निकालेर लुकाएको रहेछ भने पक्कै देखाउँला ।’
कर्णाली प्रदेश सभा बैठक २६ गते शुक्रबार दिउसो १ बजे सम्मका लागी स्थगीत भएको छ ।
प्रकाशित समय २०:१४ बजे
















