गृहपृष्ठ कांग्रेस संसदीय दलका नेताको चेतावनी- हेटौंडाबाट राजधानी सारिए काठमाडौंमा नाकाबन्दी
कांग्रेस संसदीय दलका नेताको चेतावनी- हेटौंडाबाट राजधानी सारिए काठमाडौंमा नाकाबन्दी
प्रदेश नम्बर ३ नेपाली कांग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले सबै हिसाबले प्रदेशको राजधानी हेटौंडा नै उपयुक्त भएको बताएका छन् ।
नेपाल प्रेस युनियन मकवानपुरको आयोजनामा बुधबार हेटौँडामा आयोजित चियापान तथा चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उनले भने, ‘प्रदेशको राजधानी हेटौँडाबाट सारिए काठमाडौंमा नाकाबन्दी लाग्न सकिन्छ ।’
नेता बानियाँले प्रदेशसभामा नेकपाको दुई तिहाइ बहुमत रहेको र नेकपाले चाहेको खण्डमा राजधानी हेटौँडामा नै रहन सक्ने उल्लेख गर्दै आफूहरुले हेटौँडामा नै राजधानी राख्नुपर्नेमा जोड दिइरहेको बताए ।
उनले भने, ‘राजधानीको विषय प्रदेशसभाले निर्णय गर्ने कुरा हो, हामीले हाम्रोतर्फबाट हेटौंडामा नै राजधानी राख्ने प्रयास गरिरहेका छौं, नेकपाका प्रदेशसभा सदस्यले जोड गरिदिए राजधानी हेटौंडामा रहन सक्छ ।’
हेटौँडाबाट राजधानी सारिए मकवानपुरवासीले आन्दोलनमा उत्रने र त्यसको प्रभावस्वरुप काठमाडौंमा मकवानपुरले नाकाबन्दी लगाउन सक्ने अवस्था आउने उनको भनाइ छ ।
प्रकाशित समय २०:२४ बजे
















