गृहपृष्ठ कार्यकर्ताको नेतृत्वलाई प्रश्न, हार्ने उपपचुनाव किन गर्ने ?

कार्यकर्ताको नेतृत्वलाई प्रश्न, हार्ने उपपचुनाव किन गर्ने ?

काठमाडौं क्षेत्र नम्बर ७ का नेता कार्यकर्ताले उपनिर्वाचन नगर्न आफ्नो पार्टी नेकपाका नेतालाई आग्रह गरेका छन् । सासंद रामवीर मानन्धरलाई राजीनामा गराई उपचुनावमार्फत वामदेव गौतमलाई संसद्मा ल्याउने योजना असफल हुन सक्ने भन्दै नेता कार्यकर्ताले नेतृत्वलाई खबरदारी गरेका हुन् ।

प्रतिनिधिसभाका सांसद मानन्धरले राजीनामा दिने र गौतमलाई त्यहाँबाट उम्मेदवार बनाउ ने खबर सार्वजनिक भएपछि सो क्षेत्रका नेता कार्यकर्ताले पार्टीका अध्यक्ष द्वयसँग भेटेर निर्णयको पुर्नविचार गर्न आग्र्रह गरेका हुन् । गौतमका लागि काठमाडौं ७ खाली गराउन लागिएको विषयले सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म हलचल ल्याएपछि स्थानीय नेताहरुले शीर्ष नेतृत्वसँग स्थानीय गतिविधीका बारेमा रिर्पाेटङ गरेका हुन् ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली र पुष्पकमल दाहाललाई बालुवाटारमा भेटेर उनीहरुले वर्तमान अवस्थामा नेकपाका कुनैपनि नेताले चुनाव जित्न नसक्ने जानकारी गराएका थिए । काठमाडौं क्षेत्र नम्बर ७ को क र ख निर्वाचन क्षेत्रबाट निवाचित नेकपाका प्रदेशसभा सदस्यद्वय वसन्त मानन्धर र प्रकाश श्रेष्ठ र न्हुच्छेकाजी श्रेष्ठलगायतका नेता कार्यकर्ता शीर्ष नेताकँहा गएका थिए ।

उनीहरुले उपनिर्वाचनबाट गौतमलाई संसदमा पु¥याउन सकिने अवस्था अत्यन्तै कमजोर रहेको विश्लेषण सुनाए । यसअघिको निर्वाचनमा ७ नम्बर क्षेत्रमा निर्वाचन परिचालन कमिटी संयोजक न्हुच्छेकाजीले ‘जनताले चुनेका प्रतिनिधीलाई राजीनामा गराउन लाग्दा कार्यकर्ता तह र मतदातामाझ राम्रो सन्देश नगएको बताए ।

उनले भने, ‘अहिलेको परिस्थिति हाम्रो पक्षमा नभएकोले उपचुनावमा पराजय हुन सक्छ, रामवीरजीले पटक पटक त्यहाँबाट जित्नुभएको छ, अहिले राजनीनामा दिएपछि पछि समस्या हुन्छ ।’
उपचुनाव हुने प्रदेश ७ को माहोल, तथा मतदाताको प्रतिकृया लगायतको विषयमा केही नेताहरुले अध्ययन गरेको सांसद रामवीर मानन्धरले बताए । ‘पहिला निर्वाचन हुँदा परिचालान कमिटिमा रहेका स्थानीय साथीहरुले क्षेत्र नम्बर ७ का कार्यकर्ता मतदातामाझ गएर, वर्तमान अवस्थाको बारेमा प्रतिकृया लिएर शीर्षलाई जानकारी गराउनुभएको हो,’ मानन्धनरले भने ।

वामदेवले चुनाव हार्ने हिसाब देखाईयो
मंसिरमा भएको निर्वाचनमा तत्कालिन एमाले र माओबादीका तर्फबाट साझा उम्मेदवार मानन्धरले १८ हजार १ सय २ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्दी कांग्रेस र राप्रपाका साझा उम्मेदवार विक्रमबहादुर थापाले १० हजार ७९ मत पाएका थिए ।

विवेकशीलले ५ हजार ३ सय ७६, संघीय समाजवादी फोरमले १ हजार ७ सय ८१ मत ल्याएका थिए । अहिले उपनिर्वाचन भएमा सबै विपक्षी मिलेर साझा उम्मेदवार खडा गरेमा उनीहरुलेनै जित्ने संभावना देखिएको क्षेत्र नम्बर ७ का नेताहरुले विफ्रिङ गरेका थिए ।

सांसद छोड्नुको कारण पनि प्रस्ट नहुनाले चुनावी नतिजा आफ्नो पक्षमा नआउने निश्चित देखिएको उनीहरूले विश्लेषण सुनाए । ‘वर्तमान सरकारका कामकारबाहीप्रति जनताको गुनासो छ, त्यसमाथि हारेका नेतालाई संसदमा लैजान उपनिर्वाचन गराईन लाग्दा झन जनआक्रोस बढ्ने छ, हाम्रै पार्टीका नेता कार्यकर्ताले भोट हाल्ने छैनन’, उनीहरुले भने ।

जवाफमा नेकपा अध्यक्ष ओली र प्रचण्डले सिट गुम्ने अवस्थामा उपनिर्वाचनमा नजाने बताए । क्षेत्र नम्बर ७ का नेता कार्यकर्ताको छलफलपछि राधजानीमा आयोजित एक कार्यक्रममै प्रचण्डले त्यसबारे जानकारी गराएका थिए । ‘निर्णय गर्न त बाँकी नै छ तर हाम्रो सिट गुम्ने गरी चुनाव हुँदैन ।’

प्रकाशित समय १३:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु