गृहपृष्ठ सांसदलाई अन्य प्रदेशसरह सेवासुविधा दिन सक्दैनौं : मुख्यमन्त्री शाही
सांसदलाई अन्य प्रदेशसरह सेवासुविधा दिन सक्दैनौं : मुख्यमन्त्री शाही
बजेटसम्बन्धी विवरण वेबसाइटमा छ, प्रतिपक्षी किताब खोज्दैछ
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पाँच वर्षमा कर्णालीको रुप फेरिने दावी गरेका छन् । आइतबार मन्त्रालयले गरेका मूख्यकामहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
‘कर्णाली प्रदेश स्रोत साधनका हिसाबले अत्यन्तै धनी प्रदेश हो,’ शाहीले भने, ‘अबको पाँच वर्षभित्र कर्णालीको रुप फेरिन्छ ।’ कर्णाली गरिब नभई गरिब बनाइएको उनको भनाई थियो । ‘हामी गरिब होईनौं हाम्रो मानशिकता मात्रै गरिब हो,’ उनले भने ।
कर्णालीका गरिब जनताको फोटो बेचेर कर्णालीलाई नै गरिबको ट्याग लगाइदिनेहरु अब धेरै दिन टिक्न नसक्ने मुख्यमन्त्री शाहिले बताए । उनले भने, ‘योजना माग्ने र आाधा पकेटमा हाल्ने संस्कारका कारण समाज विकास हुन नसकेको हो । सांच्चिकै कर्णालीको विकासका लागी श्रम प्रतीको सम्मान र विश्वास गर्ने वातावरण सिर्जना गर्नुपर्दछ ।’
कर्णाली प्रदेशसभा अवरुद्ध भइरहेको विषयमा शाहिले जुङ्गा हेरी बजेट वितरण गर्न नपाएर पटक पटक संसद अवरुद्ध गरेको आरोप लगाए ।
‘रातो किताब नै किन चाहियो जबकी हामीले कर्णाली प्रदेशलाई पेपेरलेश प्रदेश घोषणा गरिसकेको छौं,’ उनले भने, ‘बजेट सबै वेबसाइटमा हालेका छौं तर विपक्षीका सांसद रातो किताबको पछाडि छन् ।’ सांसदहरुलाई अन्य प्रदेश सरह कर्णालीले सेवासुविधा दिन नसक्ने शाहीले बताए ।
त्यस्तै कर्णाली प्रदेश सरकारका प्रमुख सचिब रामप्रसाद थपलियाले संघीय सरकारले कर्मचारी नपढाए पनि प्राविधिक कर्मचारी भर्ना नगरी अगाडि बढ्न नसक्ने भएकाले कर्णाली सरकारले त्यसको लागि आवश्यक तयारी गरेको जानकारी दिए ।
कर्णाली प्रदेश सकारका मुख्य गतिविधिहरुमा २७ पटक प्रदेश मन्त्रिपरिषद्को बैठक बसी विभिन्न महत्वपूर्ण निर्णय गरेको, आर्थिक वर्ष २०७५/७६ को बजेट कार्यान्वयनको लागि आवश्यक संरचना तथा कानुनी आधार तयार गरेको, विभिन्न दातृनिकायहरुसँग लगानीका लागि सहमती भएको लगाएतका थुप्रै कामहरु भएको जानकारी दिइएको छ ।
प्रकाशित समय १९:४० बजे
















