गृहपृष्ठ १२ हजार घुस लिँदै गर्दा सशस्त्रका हवल्दार अख्तियाको फन्दामा
१२ हजार घुस लिँदै गर्दा सशस्त्रका हवल्दार अख्तियाको फन्दामा
जनकपुरबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सशस्त्र प्रहरीका एक हबल्दारलाई पक्राउ गरेको छ । सिमावर्ती क्षेत्रबाट सरसमान ल्याउन सहज बनाइदिने भन्दै कदम चौकीस्थित पसलबाट शसस्त्र प्रहरीका हवल्दार चन्देश्वर गिरीलाई १२ हजार घुस रकमसहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयबाट आएको टोलीले जनाएको छ ।
भारतको सीमावर्ती क्षेत्रबाट सामान ल्याउन सहज बनाइदिने भन्दै गिरीले सेवाग्राहीबाट १२ हजार घुस रकम माग गरेका थिए । पक्राउ परेका हवल्दारबारे थप अनुसन्धान भइरहेको अख्तियारको बर्दिवास कार्यालयले जनाएको छ ।
प्रकाशित समय १५:०४ बजे

















