गृहपृष्ठ जनकपुरमा नेकपाको पार्टी कार्यालय उद्घाटन
जनकपुरमा नेकपाको पार्टी कार्यालय उद्घाटन
जनकपुरमा नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रादेशिक कार्यालयको उदघाट्न गरिएको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाको प्रदेश नम्बर २ मा पार्टी कार्यालयको उदघाट्न गरेका हुन् ।
नेकपाका प्रदेश २ का अध्यक्ष प्रभु साहको अध्यक्षता तथा नेकपाका अध्यक्ष प्रचण्डको प्रमुख आतिथ्यता र नेकपाका महासचिव बिष्णु पौडेलको विशेष आतिथ्यतामा पार्टी कार्यालय उदघाट्न गरिएको हो । पार्टी कार्यालय उदघाट्नपछि नेताहरु दसै, तिहार र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रमा सहभागी भएका थिए । त्यसक्रममा उनीहरुले प्रदेशका नेताहरुलाई एकताबद्ध भएर अघि बढ्न निर्देशन दिए ।
प्रकाशित समय १४:५१ बजे

















