गृहपृष्ठ श्रीलंकामा दुई प्रधानमन्त्री !
श्रीलंकामा दुई प्रधानमन्त्री !
प्रधानमन्त्री पदलाई लिएर श्रीलंकामा संवैधानिक संकटको स्थिति पैदा भएको छ । पूर्वराष्ट्रपति महिन्दा राजपक्षेले एक नाटकीय घटनाक्रममा प्रधानमन्त्रीको पदमा पुनर्बहाली गरेका छन् । राष्ट्रपति मैत्रीपाला सिरीसेनाको कार्यालयले विज्ञप्ति निकालेर भनेको छ, ‘उनलाई प्रधानमन्त्री पदमा नियुक्त गरिएको छ ।’ यता, रानिल विक्रमसिंघेले आफूसँग संसदमा बहूमत भएकाले प्रधानमन्त्री पदबाट कसैले हटाउन नसक्ने बताएका छन् । ‘मसँग संसदमा बहुमत छ,’ उनले भनेका छन्, ‘बहुमत रहून्जेल म प्रधानमन्त्री पदमा आसिन हुनेछु ।’
मन्त्रिमण्डलका प्रवक्ता रजिथा सेनारत्नेले पनि रानिल विक्रमासिंघे नै श्रीलंकाको प्रधानमन्त्री रहेको बताएका छन् । महिंदा राजपक्षेले भने ट्वीटर अकाउन्टमा आफ्नो परिचय परिवर्तन गरी आफूलाई श्रीलंकाको प्रधानमन्त्री भनेका छन् । जबकि, रानिल विक्रमासिंघको ट्वीटर प्रोफाइलमा पनि श्रीलंकाको प्रधानमन्त्री नै लेखिएको छ ।
राष्ट्रपति मैत्रीपाला सिरीसेनाले रानिल विक्रमसिंघेलाई पदबाट हटाइएकोबारे सूचना दिँदै चिट्ठी पठाएका छन् । उता, वित्त र मिडिया मामिलाका मन्त्री मंगला समरवीराले राजपक्षेको नियुक्त असंवैधानिक र अवैध भएको बताएका छन् ।
प्रकाशित समय १३:१४ बजे


















