गृहपृष्ठ प्रदेश २ को नाम र राजधानी तोक्न आयोग गठन
प्रदेश २ को नाम र राजधानी तोक्न आयोग गठन
प्रदेश २ को सरकारले प्रदेशको नाम र राजधानी तोक्न आयोग गठन गरेको छ । प्रदेश सरकार बनेको ९ महिनापछि प्रदेशको राजधानी, नाम र भाषा तोक्न तीन सदस्यीय आयोग गठन गरेको हो ।
आइतबार बसेको मन्त्रीपरिषद्ले प्रदेश नीति आयोगका उपाध्यक्ष डा. हरिवंश झाको संयोजकत्वमा आयोग गठन गरेको हो ।
आयोगमा रामप्रवेश बैठा र मोहनलाल चौधरी सदस्य छन् । ४५ दिन समय पाएको आयोगले प्रदेश २ का राजनीतिक दल, नागरिक समाज, संघसंस्था तथा जनतासँग छलफल गरेर सुझाव संकलन गरी प्रदेश सरकारलाई सरकारलाई प्रतिवेदन बुझाउने छ ।
प्रकाशित समय १८:३० बजे

















