गृहपृष्ठ नेप्से बढ्यो, कारोबार रकम बढेन

नेप्से बढ्यो, कारोबार रकम बढेन

share-bazar-tuesday-newskarobar

सेयर बजार परिसूचक (नेप्से) साताको तेस्रो दिन मंगलबार ७ अंकले बढेको छ । होटल, जलविद्युत र लघुवित्तबाहेकका सबै समूह सकारात्मक बनेपछि समग्र बजार परिसूचक ७.४३ अंकले बढेर १२२४.३६ अंकमा उक्लिएको छ ।

आइतबार १३ र सोमबार १० अंकले घटेको नेप्से मंगलबार बढेको हो । नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । सोमबार २४ करोडको कारोबार भएको बजारमा मंगलबार १६३ कम्पनीको नौ लाख २४ हजार ६६५ हजार कित्ता सेयर २२ करोड १८ लाख रुपैयाँमा किनबेच भएको हो ।

मंगलबार नेपाल सेवा लघुवित्तको सेयर ९.८९ प्रतिशत बढेको छ । नेपाल हाइड्रो डेभलपर्स, मिसन डेभलपमेन्ट बैंक, तारागाउँ रिजेन्सी होटललगायतको सेयर पनि उल्लेख्य बढेको छ । प्रभु बैंक र लाइफ इन्स्योरेन्स कम्पनी नेपालको सेयरमात्र एक करोडभन्दा बढीको किनबेच भएको छ ।

प्रकाशित समय १६:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु