गृहपृष्ठ सिद्धार्थ बैंक र नेपाल मेडिसिटी अस्पतालबीच विशेष सम्झौता
सिद्धार्थ बैंक र नेपाल मेडिसिटी अस्पतालबीच विशेष सम्झौता
ललितपुरको भैंसेपाटीमा रहेको नेपाल मेडिसिटी अस्पताल र सिद्धार्थ बैंकबीच स्वास्थ्य प्रवद्र्धनका लागि सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौताअनुसार सिद्धार्थ बैंकका कर्मचारी र भिसा डेबिट तथा क्रेडिट कार्डका उपभोक्तालाई विशेष सहुलियत प्रदान गरिनेछ । अस्पतालका महाप्रबन्धक विजय रिमाल र बैंकका सहायक महाप्रबन्धक सुरेशराज महर्जनले सोसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।
अस्पतालका महाप्रबन्धक रिमालले स्वास्थ्य उपचार सहज बनाउन सिद्धार्थ बैंकसँग सहकार्य गरी अगाडि बढ्ने बताए । नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरी स्वस्थ नेपाली अभियानलाई मूर्त रुप दिन बैंकहरु सहयोगी हुने विश्वास उनको छ ।
त्यस्तै, सिद्धार्थ बैंकका सहायक महाप्रबन्धक महर्जनले बैंकका ग्राहकलाई सहुलियत र सुविधाजन्य उपचारका लागि नेपाल मेडिसिटीसँग सहकार्य गरेको बताए । ‘आगामी दिनमा अस्पतालका विभिन्न प्याकेज आफ्ना ग्राहकलाई बैंकको तर्फबाट उपलब्ध गराउने योजना छ,’ उनले भने । जनमानसमा स्वास्थ्य सचेतना वृद्धि गर्न यस किसिमका सहकार्यले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको विश्वास छ ।
प्रकाशित समय १९:०६ बजे

















