गृहपृष्ठ पोखरा महानगरले उठाउन थाल्यो सम्पत्ति कर

पोखरा महानगरले उठाउन थाल्यो सम्पत्ति कर

नयाँ कार्यविधिअनुसार पोखरा महानगरपालिकाले वडा कार्यालयबाट पनि कर संकलन सुरु गरेको छ । एकीकृत सम्पत्तिको नाममा उच्च अदालत पोखराले कर नउठाउन आदेश जारी गरेपछि महानगरले सम्पत्ति कर तथा भूमि व्यवस्थापन कर शीर्षकमा महानगरको कार्यालय र वडा कार्यालयबाट कर संकलन सुरु गरेको हो ।

पोखरा महानगरपालिका राजस्व शाखा प्रमुख छवि शर्माका अनुसार साविक लेखनाथमा पर्ने वडा नम्बर २७, २९, ३० र ३१ बाट कर संकलन सुरु भएको छ । वडा नम्बर ५, ६, ७, ८, १०, १३, १५, १७ मा पनि सम्पत्ति कर तथा भूमि व्यवस्थापन कर, घर नक्साको राजस्वलगायत सबै कर तिर्न सकिने शर्माले बताए ।

जनुसुकै वडाका बासिन्दाले कुनै पनि वडाबाट कर तिर्न र राजस्व बुझाउन मिल्ने, महानगरको कार्यालयसम्म धाउन नपर्ने र पायक पर्ने वडा कार्यालयमा कर तिर्न सकिने शर्माको भनाइ छ । शर्माका अनुसार वडा नम्बर १, २, ३, ४, ११ र १६ नम्बर वडामा बुधबारदेखि कर संकलन सुरु हुनेछ ।

पहिले नै भएको एकीकृत सम्पत्ति करका केही बुँदा संशोधन गरेर नयाँ कार्यविधि पारित गरेर महानगरले कर संकलन सुरु गरेको महानगरका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले बताए । असोज ५ गते राजपत्रमा करसम्बन्धी नयाँ कार्यविधि प्रकाशित भएपछि महानगरले कर संकलन सुरु गरेको हो ।

प्रकाशित समय १९:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु