गृहपृष्ठ नेप्से २० अंकले घट्यो, सवा अर्बको कारोबार

नेप्से २० अंकले घट्यो, सवा अर्बको कारोबार

sharemarket-newskarobar

साताभरमा सेयर बजार परिसूचक नेप्से २० अंकले घटेको छ । मंगलबारबाहेकका चार कार्यदिन नै बजार ओरालो लागेपछि नेप्से परिसूचक नकारात्मक बनेको हो । मंगलबार भने नेप्से ७.४३ अंकले बढेको थियो ।

नेप्से आइतबार १३ र सोमबार १० अंकले घटेको थियो । बुधबार र बिहीबार नेप्से सामान्य अंकले मात्र घट्यो । बुधबार २.९ र बिहीबार ०.४८ अंकले बजार घटेको थियो ।

नेप्से परिसूचकसँगै यो साता कारोबार रकमले पनि लगानीकर्तामा उत्साह जगाउन सकेन । साताभरमा करिब एक अर्ब २२ करोडको मात्र सेयर किनबेच भएको छ । आइतबार ३२ करोड ६४ लाख, सोमबार २४ करोड ९१ लाख, मंगलबार २२ करोड १८ लाख, बुधबार १६ करोड ७५ लाख र २४ करोड ६७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

प्रकाशित समय १५:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु