गृहपृष्ठ लोकसेवा सहयोगी प्रश्नोत्तर (भाग १८)
लोकसेवा सहयोगी प्रश्नोत्तर (भाग १८)
आलु र गोलभेंडाको हाइब्रिडलाई के भनिन्छ ?
१. नेपालमा सबैभन्दा कम कृषियोग्य भूमि रहेको जिल्ला कुन हो ?
– मनाङ
२. भारत १५ अगस्ट १९४७ मा स्वतन्त्र भएको हो भने पाकिस्तान कहिले स्वतन्त्र भएको हो ?
– १४ अगस्ट १९४७
३. अरनिकोको जन्म कुन जिल्लामा भएको हो ?
– पाल्पा
४. नेपालको जिन बैंक कहाँ छ ?
– खुम्लाटार, ललितपुर
५. माइती नेपालको स्थापना कहिले भएको हो ?
– २०४९ साल
६. कम्प्युटरको पिता भनेर कसलाई चिनिन्छ ?
– चाल्र्स ब्यावेज
७. नेपालमा फुटबल संग्रहालय कहाँ छ ?
– ललितपुर
८. हिरा, कोइला र सिसाकलममा हुने ग्राफाइटमा पाइने एउटै तत्व के हो ?
– कार्बन
९. भूकम्पमा परेर मर्ने राजा अभय मल्ल हुन् भने प्लेगको महामारीमा परी मर्ने राजा को हुन् ?
– भाष्कर मल्ल
१०. आलु र गोलभेंडाको हाइब्रिडलाई के भनिन्छ ?
– पोम्याटो
११. मानिसलाई सामान्यतः दिनमा कति किलो अक्सिजन चाहिन्छ ?
– १६ किलो
१२. ‘आई वुड र्यादर लिभ विथ अ गुड क्वेसन देन अ ब्याड आन्सर’ कसको भनाइ हो ?
– आर्ये फ्रिमर
१३. जमानत रकमलाई के पनि भनिन्छ ?
– अर्नेस्ट मनि
१४. नेपालको पहिलो रोबोट बुद्ध संग्रहालय कहाँ छ ?
– पोखरा
१५. विश्व एड्स दिवस कहिले मनाइन्छ ?
– डिसेम्बर १
१६. नेपाल संयुक्त राष्ट्र संघको सदस्य कहिले भएको हो ?
– सन् १९५५ डिसेम्बर १४
१७. काठमाडौंबाट अफगानिस्तानको राजधानी काबुलसम्मको दूरी कति छ ?
– १७१० किमी
१८. नेपालबाट सबैभन्दा बढी निर्यात हुने वस्तु कुन–कुन हुन् ?
– गलैंचा र कार्पेट
१९. बर्मा भारतबाट कहिले टुक्रिएको हो ?
– सन् १९३७
२०. संयुक्त राष्ट्र संघको शान्ति सेनामा योगदान गर्ने राष्ट्रहरुमा नेपाल कति औँ स्थानमा पर्छ ?
– ८ (आठ)
प्रकाशित समय १५:५२ बजे















