गृहपृष्ठ मध्यावधि निर्वाचनमा ट्रम्पलाई झट्का

मध्यावधि निर्वाचनमा ट्रम्पलाई झट्का

अमेरिकाको मध्यावधि निर्वाचनमा हाउस अफ रिप्रेन्जेटेटिभ डेमोक्रेटिक पार्टीको नियन्त्रणमा आउनु राष्ट्रपति डोनल्ड ट्रम्पका लागि ठूलो झट्का हो । डेमोक्रेटिक पार्टी आठ वर्षपछि कांग्रेसको लोवर चेम्बर हाउस अफ रिप्रेन्जेटेटिभ्समा बहुमतमा आएको छ । अब ट्रम्पलाई आफ्ना अजेण्डालाई सहज रुपमा अघि बढाउन निकै मुस्किल पर्ने छ । यद्यपि, ट्रम्पको पार्टी अमेरिकी सीनेटमा बहुमतमा छ ।

मध्यावधि निर्वाचनका लागि भएको मतदानलाई ट्रम्पका लागि दुई वर्षको कार्यकाल प्राप्त गर्ने अवसरका रुपमा हेरिएको छ ।

डेमोक्र्याट्सलाई हाउस अफ रिप्रेन्जेटेटिभ्समा बहुमतका लागि २३ सिट आवश्यक पर्छ । अमेरिकी मतदाताले हाउसको कुल ४३५ सिटमा भोट गरेका छन् । यो जितसँगै डेमोक्र्याट्सले ट्रम्प प्रशासनको नीति र फैसलाको छानबिन सुरु गर्न सक्नेछन् ।

प्रकाशित समय १२:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु