गृहपृष्ठ निजी क्षेत्रसँग मिलेर आर्थिक समृद्धि : शशांक कोइराला
निजी क्षेत्रसँग मिलेर आर्थिक समृद्धि : शशांक कोइराला
प्रमुख विपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले मुलुकको आर्थिक उन्नतिका लागि निजी क्षेत्रको सीप र कलाको भरपुर उपयोग गर्न सरकारलाई सुझाव दिएका छन् । महामन्त्री कोइरालाले कांग्रेसले लिएको उदार आर्थिक नीतिका कारण मुलुकमा धेरै ठूलो परिवर्तन भएको दाबी पनि गरे । बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले भने, ‘मुलुकको आर्थिक विकासका निजी क्षेत्रको योगदान ८० प्रतिशत छ, मुलुकमा राजनीतिक स्थिरतासमेत भएकाले अब आर्थिक उन्नतिमा जानुको विकल्प छैन ।’
काँग्रेस महामन्त्री कोइरालाले पार्टीका संस्थापक संस्थापक विपी कोइरालाले लिएको उदार आर्थिक नीतिले मुलुकलाई अघि बढाउन महत्वपूर्ण योगदान दिएको बताए ।
प्रकाशित समय १२:३८ बजे
















