गृहपृष्ठ जहाँ छोरी जन्मेकै दिन बिहेको कुरा छिनिन्छ

जहाँ छोरी जन्मेकै दिन बिहेको कुरा छिनिन्छ

janmekai-din-married-newskarobar (1)

विवाह सामान्यतः शारीरीक रुपमा परिपक्व भएपछि गरिने एक सामाजिक परम्परा हो । विवाहसम्बन्धी विभिन्न नीति–नियम पनि बनाइएको हुन्छ । नेपालमा २० वर्ष पूरा नभई गरिने विवाहलाई गैरकानुनी मानिन्छ ।

सुन्दा अचम्म, तर सत्य ! केन्याको एउटा समुदाय छ, जहाँ छोरी जन्मेकै दिन विवाहको कुरा छिनिन्छ । केन्याको ताना रिभर क्षेत्रको ओरोमो समुदायमा छोरी जन्मिएको दिन नै विवाह गर्ने परम्परा छ । यो समुदायमा छोरी जन्मिएकै दिन बुबाले केटा छानिदिन्छन् । केटालाई घरमा बोलाएर विवाह गर्ने प्रचलन छ । तर, छोरीलाई केटाको घरमा भने ठूली भएपछि मात्र पठाइन्छ ।

janmekai-din-married-newskarobar (1)

यसरी विवाह गर्नाले आफूलाई केही भइहाले छोरीलाई कसैले ख्याल गर्छन् भन्ने विश्वासले जन्मेकै दिन विवाह गर्ने प्रचलन रहेको हो । परिवारले जुन केटालाई दिइएको हो, छोरीले त्यही केटासँग विवाह गर्नुपर्छ । केटाले पनि त्यहीँ केटीसँग विवाह गर्नुपर्ने हुन्छ ।

बालिकाको विवाहको कुरा छिनिसकेको देखाउन दुलाहाका बुवाले उनको नाडीमा ‘दरारा’ बानिदिन्छन् । छोरीको हातमा बाँधेको डोरी देखाउँदै एक महिलाले बीबीसीलाई भनिन्, ‘यो हाम्रो संस्कृति हो, हामी यस्तै होस् भन्ने चाहन्छौं ।’

janmekai-din-married-newskarobar (1)

हातमा बाँधिएको दराराले उनी सानै भए पनि विवाह भएकोे भन्ने संकेत गर्छ । जन्मिएकै दिन गरिएको यस्तो विवाहलाई छोरी ठूली भएपछि नाइँ भन्न पाइँदैन । यो परम्पराले परिवारबीचको मिलनलाई बलियो बनाउने उक्त समुदायको विश्वास छ ।

प्रकाशित समय १६:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु